कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

भूमि आयोगसहित मोहन्याल गाउपालिकाको टिमलाई ऐतिहासिक कार्यको लागि मोहन्याली जनताले दिए धन्यवाद



कैलाली । कैलाली मोहन्याल गाउपालिकाका उपाध्यक्ष एवम बर्तमान कार्यवाहक अध्यक्ष कमल साउद र उनको टोलीले नक्सा प्रमाणित नभएका जग्गाहरुको नक्सा प्रमाणित गरेका छन् । कार्यवाहक अध्यक्ष साउद र उनको टोलीले यी समस्याको निराकरण गर्ने प्रतिबद्धता गरेका थिए ।

निर्वाचन जिति सकेपछि निरन्तर यस कार्य सफलताको लागि अहोरात्र खटीरहे । सबै सङ्ग समन्वय गरी त्यसको प्रतिफलमा जिल्ला भूमि आयोगको बोर्ड मिटिङले मोहन्याल गाउँपालिका भित्रका नापी भएका तर नक्सा प्रमाणित नभएका जग्गा हरुको नक्सा प्रमाणित गरेको छ ।

यसअघि मोहन्याल गाउपालिका भित्रको भुमि सम्बन्धि समस्या जुन जग्गा नापी भएका थिए । नक्सा प्रमाणित भएका थिएनन् । कित्ताकाट गर्न नसकिने जस्ता यथावत समस्याले उक्त पुर्जालाइ कुनै पनि बैक वा भुमिको कित्ताकाट गर्ने जस्ता समस्या थियो । अहिले मोहन्याल गाउपालिकाका उपाध्यक्ष एवम बर्तमान कार्यवाहक अध्यक्ष कमल साउद र उनको टोलीको पहलमा यी समस्या समाधान भएको छ ।

अब नक्सा प्रमाणित भए संगै जग्गाको कित्ताकाट लगायतका कामहरू सुरु हुने गाउँपालिकाले जनाएको छ । २०४६ सालदेखि यता ४२ वटा भूमि आयोग बने तर कुनै आयोगले गर्न नसकेको काम यसपालिको भूमि आयोगले गरेको छ । यो इतिहासिक र अति महत्वपूर्ण काम गर्नु हुने भूमि आयोगका अध्यक्ष यज्ञराज, उपाध्याय लगायत सम्पूर्ण जिल्ला भूमि आयोगको टीम सहित मोहन्याल गाउपालिकाको टिमलाई मोहन्याली जनताले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ३ : ३५ बजे