कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण



जाजरकोट । नलगाड नगरपालिकाले भत्ता बुझ्न समस्या हुने ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिन शुरु गरेको छ ।

उक्त सामाजिक सुरक्षा भत्ता नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताएका छन् ।

पालिकाको प्रशासकीय केन्द्र दल्लीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र दुई दिन लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको अधिकृत गिरीले जानकारी दिए ।

बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरण गरिएको अधिकृत गिरीले बताए । प्रत्येक वडामा एक दिन लगाएर भत्ता वितरणको काम सुरु भइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : १२ बजे