बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

पहिलो पटक राष्ट्रिय जनसांस्कृतिक महासंघ केन्द्रीय महिला विभाग गठन



काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ केन्द्रीय महिला विभागको गठन भएको छ । भूमिका सुब्बाको संयोकत्वमा गठित विभागको सचिवमा सिन्धु जलेसाको चयन हुनुभएको छ । नौ सदस्यीय उक्त महिला विभागको कमिटीमा संयोजक भूमिका बुब्बा र सचिवमा सिन्धु जलेसा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सवनम मुखिया, सुशिला थापा, सरिता जिरेल, निलम योगी, जया काला, सिता भान्तना र एकजना पछि मनोनित गर्ने गरी कमिटी गठन गरिएको हो । यसरी गठन भएको उक्त कमिटीको प्रथम बैठक माघ १९ बिहिवार विभिन्न महत्वपूर्ण विषयमा छलफल गरी सम्पन्न भएको छ ।

उक्त बैठकमा प्रमुख अतिथि रहेका राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी र उपाध्यक्ष आरासी न्यौपानेले विभिन्न महत्वपूर्ण सल्लाह, सुझाव र मार्गनिर्देशन गर्नुभएको थियो । राष्ट्रिय जनसांस्कृतिक महिला विभाग प्रथम पटक गठन भएको हुँदा अनुकरणीय रहेकाले सफलताको लागि शुभकामना पनि व्यक्त गरिएको थियो । साथै जनसांस्कृति महासंघ प्रकाशन विभागको पनि बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकमा १४ औं संस्कृतिक अंक प्रकाशन गर्ने विषयमा महत्वपूर्ण छलफल गरिएको छ । उक्त बैठकमा जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष तथा संस्कृति प्रकाशनका प्रधान सम्पादक आरसी न्यौपाने, सञ्जालान सम्पादक यसोदा अधिकारीलाई र प्रमुख अतिथि संस्कृतिका पूर्व प्रधान सम्पादक तथा प्राग्य डा. वीरेन्द्रदेव गिरीको उपस्थिति रहेको थियो ।

साथै महासंघकी केन्द्रीय सचिवालय सदस्य तथा ‘संस्कृति’ पत्रिकाका सम्पादक यशोदा अधिकारी परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालको प्रेस संयोजकमा नियुक्त हुनुभएकोमा जनसांस्कृतिक महासंघको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरीयो । राष्ट्रिय जनसांस्कृति महासंघले पहिलो पटक महिला विभाग गठन गरेकाले यो कार्यक्रम अनुकरणीय रहेको उपस्थित महानुभावहरुको भनाइ रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ०० बजे