४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा पुनःजोड दिएका छन् ।सत्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने भन्दै सांकेतिकरूपमा सामाजिक सञ्जालमा लेखेका छन् ।

लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं । यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ’, भट्टराईले लेखेका छन्, ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं ।’

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : २९ बजे