कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

धनगढीको होटलमा एक युवक मृत फेला



धनगढी । कैलालीमा एक युवक होटलमा मृत परेका छन् । भारतबाट फर्केका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा मृत भेटिएका हुन् ।

प्रकाश होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको जनाइएको छ । उनी भारतको रत्नागिरिबाट बिहान होटलमा पुगेका थिए । मृतककी श्रीमती गंगा बताउँछिन्, देवी घर्तीमगरका अनुसार प्रकाश गत मंसिरमा कामको खोजीमा भारत गएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ६ : ११ बजे