माघ ४, २०८१ शुक्रबार Sat Jan 18 2025

मोदी गाउँपालिकाले दलित र विपन्न महिलाहरुलाई लोकसेवा आयोगको तयारी तालिम निःशुल्क दिने



पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिकाले दलित र विपन्न महिलाहरुलाई निःशुल्क लोकसेवा आयोगको तयारीका कक्षा सञ्चालन गर्न लागेको छ । गाउँपालिकाले आर्थिक र सामाजिक रूपमा विपन्न रहेका महिला र दलितको अवस्थामा सुधार सुधार गर्नको लागि उक्त कार्यक्रम ल्याएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को विशेष अनुदानअन्तर्गतको वार्षिक कार्यक्रमअनुसार ल्याएको यो कार्यक्रमले विपन्न महिला र दलितहरुको अवस्थामा सुधार आउने उद्देश्य रहेको बताएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले सामाजिक र आर्थिक रूपले वर्ग, समुदाय सधैं पछाडि परेकाले समान अवसर र पहुँचका लागि निःशुल्क कक्षा सञ्चालनमा ल्याउन लागिको बताएका छन् ।

उनी भन्छन्, ‘‘पछाडि परेकाले अवसर पाएनन् भने उनीहरु झन् झन् पछाडि पर्दै जान्छ। सामाजिक र आर्थिक रूपमा कमजोर रहेका व्यक्ति अवसरको आशामा हुन्छन्। अवसर पाएमा उनीहरू पनि अरू जस्तै मूलधारमा आउन सक्छन्’‚ प्रमुख प्रशासकीय अधिकृत गौतम भन्छन्, ‘लोकसेवा आयोगमा प्रतिस्पर्धा चर्को छ। राम्रो तयारी गरेर परीक्षा दिँदा सफल हुन सकिन्छ। कम्तीमा हामीले दिने कक्षाबाट लोकसेवाको भोक जागोस्। प्रक्रियाको बारेमा थाहा होस् भन्ने पनि हो।’

राजपत्र अंकित प्रथम ९नायव सुब्बा०, द्वितीय श्रेणी ९खरिदार०ं, सहायक स्तर पाँचौँ र चौथो तह अप्राविधिक पदका लागि अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागिएको हो।

तालिममा सहभागी हुन प्रवीणता प्रमाणपत्र तह, कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, १८ वर्ष पूरा भई ४० वर्षभित्रको उमेर भएको हुनुपर्ने, दलित पुरुषको हकमा ३५ वर्ष पार नभएको मोदी गाउँपालिकाको स्थायी बासिन्दा भएको हुनुपर्ने भनिएको छ।
माघ २३ गतेसम्म इच्छुकहरूबाट दरखास्त लिएपछि सहभागीको संख्याअनुसार ‘अनलाइन प्लाटफर्म’सँग कुराकानी गरेर समय र अवधिको बारेमा टुङ्गो लाग्ने छ। लक्षित वर्गका लागि विशेष अनुदानमा गाउँपालिकाका लागि आएको ५० लाख रुपैयाँमध्येको एउटा कार्यक्रम यो रहेको बताउँदै गाउँपालिकाका प्रशासकीय अधिकृत प्रवीण पोख्रेलले आवेदन दिएका लक्षित समूहका कोही पनि तालिमबाट नछुट्ने बताएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : २४ बजे