काठमाडौैैं।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ह्वीलचियरमा हिडडुल गर्नेलाई पनि छाडेनन् । मंगलवार काठमाडौंको मखन तरणीबहाल अगाडि ह्वीलचियरमा माक्स बेच्दै गरेका एक अपाङ्गगता भएका व्यक्तिलाई महानगर प्रहरीले पक्राउ गरेको थियो
। महानगर प्रहरीले उनलाई ह्वील चेयरसहित उचाले महानगरको गाडीमा राखेको हो । ह्वीलचियरमा हिड्डुल गर्ने ती व्यक्तिले आफ्नो बिहान बेलुकाको छाक टार्नका लागि माक्स बेच्दै आएको बताइन्छ ।
शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई राज्यले खानेबस्ने व्यवस्था गर्नुपर्ने हो । त्यसो गर्नु त परै जाओस् उल्टै उनले आफ्नो रोजीरोटीको लागि ह्वीलचियरमा हिंडेर माक्स बेचिरहँदा पनि महानगरपालिकाले धरपकड गरेर दुःख दिने काम गरेको छ ।