माघ ४, २०८१ शुक्रबार Sat Jan 18 2025

महवानपुरको विभिन्न स्थानमा प्रहरीद्वारा ठूलो मात्रामा अफिम र गाँजा खेती नष्ट



मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा व्यवसायिक रुपमै अफिम खेती गर्ने गरेको प्रहरीले फेला पारेको छ । ती स्थानहरुमा अवैध रुपमा १ सय ३० बिघा जमिनमा अफिम खेती र २८ बिघा १० कठ्ठा जमिनमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको प्रहरीले जनाएको छ । जसमध्ये राक्सिराङ गाउँपालिका –४ मा रहेको चैत, देबिटार र चौकिदार एरिया, सोही गाउँपालिका–६ मा पर्ने काङद्राङ, काम्ले, नारायणी र अइनाटर क्षेत्रमा लगाइएको अफिम र गाँजा नष्ट गरेको छ ।

सोही गाउँपालिका –७ अन्तर्गत छाकुन, भुइबिसौने, धुसेनी, डामटार, जुरिथुम, चौकिडाँडा, फेदी, घैयाबारी, गार्लिङ र खर्लिङ एरियाको समेत गरी ९५ विघामा लगाइएको अफिम खेती र २८ बिगाह १० कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

यसैगरी कैलाश गाउँपालिका–७ र ८ का भार्ता, फास्टा, पाख्रे लगायतका विभिन्न वडाको ३५ बिघामा लगाइएको अफिम खेती समेत प्रहरीले नष्ट गरेको बताइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : १४ बजे