मंसिर ९, २०८१ आइतबार Mon Nov 25 2024

सांसद भण्डारीको हातको अपरेसन गरिँदै



काठमाडौँ । आगलागीको घटनामा परेर घाइते भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो ।

अस्पताल भर्नाको १३औँ दिनम आज उनको दायाँ हातको अपरेसन गरिने अस्पताल परिसरमा रहेका भण्डारीका नातेदार मीनप्रसाद भण्डारीले जानकारी दिए । ‘आज राइट ह्यान्डको अपरेसन गरिँदै छ,’ उनले भने, ‘अहिले केहीबेरमा अपरेसनको तयारी गरिएको छ ।’

चिकित्सकहरुले देब्रे हातका औँलाको पनि अपरेसन गर्नुपर्ने हुनसक्ने बताएका छन् । ‘स्वास्थ्य अवस्था सामान्य नै छ । खाना खाने, बोल्ने सबै राम्रोसँग भइरहेको छ,’ भण्डारीले भने ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १ : ५७ बजे