मंसिर ९, २०८१ आइतबार Mon Nov 25 2024

माओवादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनमा धिताल



जुम्ला । माओवादी निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले नयाँ कार्यसमिति चयन गरेको छ।
चौथो जिल्ला अधिवेशनले जयशंकर धितालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति छनोट गरेको हो ।

सदरमुकाममा खलंगामा आयोजित जिल्ला अधिवेशनले आइतबार धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । धितालको अध्यक्षमा चयन गरिएको १७ सदस्यीय कार्यसमितिको कार्यकाल ३ वर्षको लागि हुने छ ।

धितालको अध्यक्षमा चयन गरिएको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कर्णबहादुर खत्री, सचिव भीमबहादुर विक, कोषाध्यक्ष सविना शाही रहेका छन् । त्यसैगरी सदस्यहरुमा मिना गुरुङ (चन्दननाथ), धनविरि नेपाली (हिमा), हैजली योगी (चन्दननाथ), जयलाल प्याकुरेल (गुठिचौर), परिमल बस्नेत, वलविर थापा –तिला), पार्वती चौलागार्इं (तातोपानी), गोरवहादुर रावात, नवराज कार्की ( कनकासुन्दरी), मिना भण्डारी, प्रेमराज शर्मा सिंजा र लक्ष्मी सुनार चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष धितालले शिक्षकहरुका हकहित लागि जिल्लामा समन्वयात्मक भूमिका निर्वाह गरी अगाडि बढ्ने बताएका छन् । अध्यक्ष धितालका अनुसार विधानअनुसार ५ जना सदस्य मनोनित हुने अध्यक्ष धितालले बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : २२ बजे