माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

बुलिङटार गाउँपालिकाद्वारा फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय



पूर्वी नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको पहाडी क्षेत्रमा पर्ने बुलिङटार गाउँपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिने भएको छ । बुलिङटार गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यस गाउँपालिकाको पहाडी क्षेत्रमा मगर बस्ती भएकाले बुलिङटार गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले आइतबार सूचना प्रकाशित गरेर सोमबार मगर दिवस परेकाले गाउँपालिकाभित्रका सबै विद्यालय तथा सरकारी कार्यालय बन्द हुने जानकारी दिएका छन् ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा बसोबास गर्ने झन्डै ९४ प्रतिशत जनसंख्या मगर समुदायका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : १५ बजे