काठमाडौं । कांग्रेस कार्यसम्पादनको बैठकले राष्ट्रपतिको उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ । पौडेल ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार बन्ने भएका छन् । मनोनयन दिउसो २ वजेपछि गर्ने कार्यतालिका रहेको छ । गठबन्धनका सवै नेताहरू पौने १ वजे संसद भवन नयाँ वानेश्वरमा जम्मा हुने कार्यक्रम तय भएको हो ।
हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरेको थियो । आज कांग्रेसले केन्द्रिय समितिको बैठक बोलाएको हो । सो बैठकले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ ।