मंसिर ९, २०८१ आइतबार Mon Nov 25 2024

राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का : केपी ओली



काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् । साथै उनले एमालेको उम्मेदवार पक्का भइसकेकोसमेत बताए ।

राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भने, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : २५ बजे