चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

प्रदेश सांसद इन्दिरा थापाद्वारा सम्पर्क कार्यालय स्थापना



धनकुटा । प्रदेश न. १ की सांसद् इन्दिरा थापा मगरले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी छिन्।

थापाले जनताको गुनासो संकलन गरी समाधानका लागि सम्पर्क कार्यालय स्थापना गरेकी हुन् ।

उक्त सम्पर्क कार्यालयको उद्घाटन थापा आफैँले गरेकी हुन् । उनले कार्यालयमा एक जना कर्मचारी राखेर जनताको गुनासो संकलन गरिने बताएकी छिन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : २४ बजे