बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरूद्ध रिट दर्ता



काठमाडौं । सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरूद्ध रिट दर्ता भएको छ । अधिवक्ता लोकेन्द्र ओलीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गरेकी थिइन् ।

रिटको सुनुवाइ फागनु १२ गतेलाई तोकिएको अदालतले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ३२ बजे