मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

दूधको मूल्य बढाउन प्रस्ताव



काठमाडौं । दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

उनका अनुसार संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको छ । लागत बढेको र उचित मुल्य नपाएपछि पछिल्लो समय दूधको उत्पादन घट्दै गएको उनले बताए ।

उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन् । अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ३ : १७ बजे