मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

सूचना प्रविधि प्रत्येक मानिसको अनिवार्य र अपरिहार्य विषय : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ र स्पष्ट रहेको बताएका छन् ।

आज (आइतबार) राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनल यस्तो बताएका हुन् । उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे ।

उनले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमहरुलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासालई लिएर चौथो औद्योगिक क्रान्तिको रुपमा संश्लेषण गर्न थालेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ३ : ५० बजे