३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक : देव गुरुङ



पोखरा। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्।

सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भएको हुँदा राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको औंल्याए।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा अहिलेको सत्ता गठबन्धनसँग उक्त कुरा जोड्न नमिल्ने महासचिव गुरुङको भनाई छ। संविधान, गणतन्त्रको रक्षा गर्ने र परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ०० बजे