मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

पाँचथरको फालेलुङ गाउँपालिकाद्वारा केन्द्र रहेको ठाउँको नाम परिवर्तन



पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका केन्द्र रहेको ठाउँको नाम फेरिएको छ । गाउँपालिका बैठकले साविक नाम थोक्लिम्बाको नाम फेरेर थकेपुङ राख्ने निर्णय गरेको हो ।

उक्त गाउँपालिका बैठकको निर्णय अनुसार राजपत्रमा सूचना प्रकाशित गरी आउँयदा दिनदेखि फालेलुङ गाउँपालिका केन्द्र रहेको स्थानलाई थकेपुङ नाम राख्ने जनाइएको हो ।

माघ २२ गते बसेको गाउँपालिाको बैठले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले जनाएका छन । उनले गाउँपालिकाको नाम फेरिए पनि केन्द्र रहेको ठाउँको नाम उही रहने जनाएका छन् ।

अहिले गाउँपालिका केन्द्र रहेको ठाउँलाई पहिलाले थकेपुङ भनिँदै आएकोमा अपभ्रंशस गरी थोक्लिम्बा भनिन थालेको भन्दै विरोध भएको थियो ।

गाउँपालिकाको निर्णय अनुसार राजपत्रमा सूचना प्रकाशन भएपछि उक्त स्थानलाई बोलिचाली र सरकारी कामकाजसँगै गाउँपालिकाको छापमा समेत ‘फालेलुङ गाउँपालिकाको कार्यालय थकेपुङ पाँचथर’ भनेर लेखिने भएको छ ।

पाँचथर जिल्लाका अधिकांश ठाँउका नाम लिम्बू जातिको इतिहास र संस्कृतिसँग जोडिएका छन् । तीमध्ये अधिकांश स्थानको नाम अपभ्रंस गरिएको भन्दै पहिचान पक्षधरहरुले दबाबमुलक कार्यक्रम गर्दै आएका थिए । पहिचान र संस्कृतिका आधारमा नाम परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ३० बजे