काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी आउन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई लामिछानेले फोन गरेर उपचारबारे समयमा नै ध्यान पु¥याउन प्रधानमन्त्री प्रचण्डलाई सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।
लामिछानेका अनुसार जसरी उपचार चाँडो र स्वास्थ्यमा सुधार आउँछ त्यसरी नै भण्डारीको उपचारका लागि पहल गर्नुपर्ने र सहज वातावरण सिर्जना गर्नुपर्नेमा उनले प्रधानमन्त्री प्रचण्डलाई सन्देश दिएका छन् ।
उनको समाजिक संजालमा लेखिएको छ स् प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत तपाईंको शीघ्र स्वस्थ लाभको कामना गर्दछ।