माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

गलकोट नगरपालिकाद्वारा ज्येष्ठ नागरिकको घरमै उपचार



ढोरपाटन । गलकोट नगरपालिकाले गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी पुग्ने गरेको बताउँदै अहिले घरमै उपचार पाउँदा खुसी भएकोे बताउँछिन् । नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि गत माघदेखि घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको छ ।

घरमै उपचार पाएपछि उनी दङ्ग भएकी छिन््, “सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमा पुग्नु पथ्र्यो, अहिले घरमै चिकित्सकले जाँचेर औषधि दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन समस्या थियो तर घरमै चिकित्सक आएपछि उपचारका लागि कुनै समस्या भएन ।” पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्ने गरेको स्मरण गर्दै उनी अहिले घरमै उपचार पाएर औषधि खान थालिएको जानकारी दिन्छिन् ।छन् ।

गलकोट–२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमा आएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराइन् । उनलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “घरमै स्वास्थ्य जाँच र औषधि पाएपछि मुलुकमा साँच्चिकै परिवर्तन आएको अनुभव भएको छ”, उनले भनिन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : २० बजे