माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

चन्द्रनगर गाउँपालिकाले कृषि विद्युत महसुल तिर्ने



सर्लाही । चन्द्रनगर गाउँपालिकाले कृषि विद्युतीकरणमार्फत सिचांईका लागि प्रयोग हुने विद्युत महसुल तिर्ने भएको छ ।

उक्त विद्युत महशुल किसानले जडान भएको कृषि विद्युत मिटरमा उठेको बिल गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउनेछन् र सोही अनुसार गाउँपालिकाले एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई बिल भुक्तानी गर्ने गाउँपालिकाले जनाएको छ ।

खेतमा कृषि विद्युत मिटर पुर्याउन कृषि मिटर जडान सञ्चालन भइसकेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : २७ बजे