काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा चोरी भएको मोबाइल पसल लुटपाट लगाएत तोडफोडको सम्पुर्ण क्षेतीपूति सरकारले बेहोर्नुपर्नेमा माग गरेका छन् ।
(मंगलवार) महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो बताएको हो । सोमवार गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोड भएको थियो । सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले वेहोर्नुपर्ने माग उनीहरुको माग रहेको छ ।
पत्रकार सम्मेलनका क्रममा महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरुका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरुको पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन्।
सरकारले पसल लुटपाट पर्नेहरुको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु माग गरे। अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरेका छन् ।