काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा फागुन तेस्रो साताबाटा ‘दोलखा महोत्सव २०७९’ सुरु हुँदै छ ।
दोलखा चेम्बर अफ कमर्स दोलखा र भीमेश्वर नगरपालिका र दोलखा चेम्बर अफ कमर्सको सहयोगमा ‘दोलखा महोत्सव २०७९’ हुन लागेको हो । उक्त महोत्सव फागुन १९ देखि २७ गतेसम्म हुने जनाइएको छ ।
कोरोना महामारीले व्यापार अझै लयमा नआएको र खस्कँदो व्यापारलाई लाइनमा ल्याउन आर्थिक चहलपहल बढाउन महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष रुद्र जङ्ग बुढाथोकीले बताएका छन् । दोलखा महोत्सवले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राइ कृषि र आर्थिक क्षेत्र उकास्न, जिल्लालाई समृद्ध बनाउन टेवा पुग्ने बताइएको छ ।
सो महोत्सवमा जिल्लका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू प्रस्तुत गरिने बताइएको छ । त्यसैगरी राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफल गरिने, माउन्टेन फ्लाइटमार्फत जिल्लाका मनोरम स्थलका अवलोकन र अप्पर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर समेत राखिने दोलखा चेम्बर अफ कमर्स दोलखा उपाध्यक्ष बुढाथोकीले बताएका हुन् ।