९ श्रावण २०८३, शनिबार Sun Jul 26 2026

नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक



काठमाडौँ । नेपाल टेलिकमले अघिल्लो वर्षको तुलनामा आफ्नो कम्पनीको खुद नाफामा बृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा अघिल्लो वर्षको तुलनामा खुद नाफामा वृद्धि गरेको देखिएको हो ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९ दशमलब १६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। दोस्रो त्रैमाससम्म कम्पनीको कुल आय पनि ० दशमलब ५१ प्रतिशतले वृद्धि भएर २२ अर्ब १० करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कुल आय २१ करोड ९८ लाख रुपैयाँ रहेको थियो।

गत वर्ष यही अवधिसम्म कम्पनीको कुल सञ्चालन आय रु १९ अर्ब २० करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म ५ दशमलब ८८ प्रतिशतले घटेर १८ अर्ब ७ करोड रुपैयाँ भएको छ। गत वर्ष दोस्रो त्रैमासमा ईबीआईटीडीए ९ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ९ दशमलब १६ प्रतिशतले बृद्धि भई १० अर्ब २४ करोड रुपैयाँमा उक्लिएको हो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ४४ बजे