बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

सोमबार प्रधानमन्त्री सुदूरपश्चिम जाँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सुदूरपश्चिम जाने भएका छन् । सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड भोलि बिहान सुदूरपश्चिम जान लागेका हुन् ।

उनले सोमबारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनले कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन समेत गर्नेछन् । साथै उनले सोमबार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : ४३ बजे