जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

एशियन हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि निष्काशन



काठमाडौं । एशियन हाइड्रोपावरको आइपीओ माघ २७ गतेदेखि निष्काशन भएको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरु लक्षित गरी निष्काशन आईपीओको बाँडफाँड भइसकेको छ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैंयाको २४ दशमलब ७१ प्रतिशतका दरले ८ करोड ४० लाख रुपैंया बराबरको प्रतिसेयर १०० रुपैंया अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये ८४ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४२ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी कर्मचारीहरुका लगि १६ हजार ८ सय कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीको उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १२ गतेसम्म आवेदन मिति तोकिएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल पाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्विकृती प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउने छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : २८ बजे