माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क प्रदान



काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको लागि स्थानीयवासीले जग्गा दान गरेका छन् ।

जग्गदाताले उक्त गुफाको लागि चार रोपनी, छ आना, तीन पैसा एक दाम जग्गा निःशुल्क रूपमा प्रदान गरेका छन् । स्थानीय समाजसेवी हरि शर्मा, रविलाल शर्मा, जनकराज पौडेल र श्यामप्रसाद पौडेलले उक्त जग्गा दान गरेका हुन् ।

हरिले एक रोपनी पाँच आना, रविलालले एक रोपनी चार आना, एक पैसा तीन दाम, जनकराजले १४ आना दुई पैसा तीन दाम र श्यामप्रसादले १४ आना दुई पैसा तीन दाम जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिलाई प्रदान गरेका हुन् ।

गुफाको पूर्वाधार विकासका लागि बहुवर्षे योजनाका रूपमा गण्डकी प्रदेश सरकारमार्फत रु दुई करोड रकम विनियोजन भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : २० बजे