काठमाडौं । राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न ३ बजे संसद् संघीय बैठकलाई सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि संसद् सचिवालयले संसद् भवन सजाउन लागेको हो ।
यसअघि भण्डारीले गत जेठ १४ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्वजानिक गरेकी थिइन् ।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनलगत्तै ५ बजे संसद बैठक बस्दै छ ।