३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक भ्रमण सम्पन्न



सिमकोट । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक भ्रमण सम्पन्न भएको छ ।

ताँजाकोट गाउँपालिकास्थित माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको प्रतिनिधित्व हुने गरी सञ्चालित शैक्षिक भ्रमण सम्पन्न भएको हो।

ताँजाकोट गाउँपालिकाले सामुदायिक नमुना विद्यालयको अवलोकन गराएर त्यसरी सुधार गर्न सकिने निष्कर्ष निकाल्दै जिल्लाबाहिर शैक्षिक भ्रमणको व्यवस्था गरेको छ ।

शाखाका प्रमुख जयरुद्र ढकालअनुसार, लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका १० वटा सफल नमुना सामुदायिक तथा गुठी विद्यालय भ्रमण गरिएको जानकारी दिए।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ०५ बजे