माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

जापनिज सीप र प्रविधि भित्र्याउन धुलिखेल नगरपालिकाले जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्दै



काभ्रे । धुलिखेल नगरपालिकाले र जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने भएको छ । नगरपालिकाले कृषि क्षेत्रमा जापनिज सीप र प्रविधि भित्र्याउनको लागि उक्त सम्झौता गर्ने भएको हो ।

उक्त कम्पनीले धुलिखेलका कृषकलाई जापनिज सीप र प्रविधि तथा भाषाबारे छमहिने तालिमसमेत दिनेछ । नगर जनप्रतिनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने नगरपालिकाले जनाइएको छ ।

त्यस्तै, जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई रोजगारी दिने समेतको सम्झौता गर्ने नगपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : १२ बजे