काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पुर्व सुचना तथा संचारमन्त्री तथा सांसद मोहन बहादुर बस्नेतले पेट्रोल छर्किएर आत्मादाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिने बताएका छन् । छोरीको शिक्षासंगै आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता समेत सांसद बस्नेतले व्यक्त गरेका छन् ।
इलामका व्यवसायी आचार्यले गत मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेपछि उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको थियो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेत शनिबार आचार्यको परिवारलाई भेट्न सिनामंगल पुगेर उनले मृत्कका प्ररिवारप्रति संवेदना समेत दिएका थिए ।
यस अघि पनि नेता बस्नेतले कोरोना महामारी लगाय आपतमा परेका परिवारलाई सहयोग गर्दै आएका छन् ।
सामाजिक सञ्जालमा बस्नेतको प्रतिबद्धता यस्तो ः
,
स्व. प्रेम प्रसाद आचार्य ज्युका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जाल मार्फत गरेको थिए र आज प्रेम प्रसाद ज्युको श्रीमती बस्नु भएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँ सँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउने जिम्मा समेत मैले लिएको छु । जय नेपाल !’