कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

राष्ट्रपति निर्वाचनको मिति तोक्न कांग्रेसका उपसभापति खड्काको सरकारसमक्ष माग



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न सरकारसमक्ष माग गरेका छन् ।

समयमा नै सबै कामहरु पुरा गर्नका लागि अल्मिन नहुने भन्दै फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने उनले बताए ।

समयमा निर्वाचन पुरा गर्नका लागि निर्वाचन आयोगले सो निर्वाचनको तयारी गरे समयमा नै मिति तोक्नुपर्ने उपसभापति खड्काको भनाइ छ ।
निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

कांग्रेस पदाधिकारी बैठकको हालैको निर्णय पनि राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने र एकताबद्ध ढंगले तयारी गर्ने थियो। साथै कांग्रेसले निर्वाचन आयोग र सरकारलाई राष्ट्रपति निर्वाचन मिति तोक्न तथा कुनै कानुनी समस्या देखिएका भए समयमै समाधान गर्न ध्यानाकर्षण गराएको थियो।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : ३४ बजे