माघ ४, २०८१ शुक्रबार Sat Jan 18 2025

तारकेश्वर नगरपालिकाले ग-यो ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाले ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नारासहित गत माघ १२ गेतबाट सुरु भएको उक्त प्रतियोगिता १४ गते शनिवार सम्पन्न भएको हो ।

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिताको समापन कार्यक्रममा तारकेश्वर नगरपालिका प्रमुख श्रीकृष्णहरि महर्जनले नगरपालिकाभित्र लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउनका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताएका थिए । उनले विद्यालयस्तरका रहेक विद्यार्थीलाई खेलकुदमा जोड्नका लागि यस्ता प्रतियोगिताले भरपुर सहयोग पु¥याउने बताएका हुन् ।
सो प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ३४ सामुदायिक तथा संस्थागत विद्यालयका एक हजार नौ सय विद्यार्थीको सहभागिता रहेको थियो । फुटबल, भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्ट गरी पाँच विधाका खेलकूद भएको थियो । उक्त प्रतियोगितामा हिमरश्मी हाइस्कुल प्रथम भएको छ । हिमरश्मी स्कुलले १२ स्वर्ण, पाँच रजत र नौ काश्य पदक हात पारेको थियो ।

हिमरश्मी स्कुलले रु एक लाख नगदसहित शिल्ड र प्रमाणपत्र हात पारी प्रथम भएको थियो । यस्तै दोस्रो लालीगुँरास नेशनल एकेडेमी भएको छ । सो एकेडेमीले आठ स्वर्ण, चार रजत र छ कास्यपदक जितेको छ । दोस्रो भएको सो एकेडेमीले रु ६० हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको छ ।

त्यस्तै तेस्रो किन्डर गार्डेन स्कुल भएको छ । सो स्कुलले पाँच स्वर्ण, दुई रजत र दुई काश्य हात पारेको छ । सो स्कुलले रु ४० हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको छ । यसैगरी सान्त्वना एन्जल हार्ट माविले प्राप्त गरेको छ । उक्त माविले चार स्वर्ण, पाँच रजत र तीन काश्य हात पारेको छ । सान्तना पुरस्कारस्वरुप त्यो माविले रु २० हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको थियो ।

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालनका लागि तारकेश्वर नगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको थियो । ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगितामा १८ वर्ष कम उमेर समूहका विद्यार्थीको सहभागिता रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ४८ बजे