३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

रुडुकको सहयोगमा वालवालिकालाई शैक्षिक सामाग्री वितरण



धनगढी । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

रुडुकले नगरक्षेत्रका ८ वटा बिद्यालयका ईसिडी देखी कक्षा ८ सम्मका २२ सय १० वालवालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको हो। उक्त सामाग्री प्रदेश सभा सदस्य प्रकाश देउवाले बिद्यार्थीलाई हस्तान्तरण गरेका हुन।

हस्तान्तरण कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य देउवाले राज्यको लगानीको प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : १७ बजे