२५ आश्विन २०८३, आइतबार Mon Oct 12 2026

नवनिर्वाचित मन्त्री तथा सचिवहरुलाई अनावश्यक खर्च घटाउन मुख्यमन्त्रीको निर्देशन



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नवनिर्वाचित मन्त्री तथा सचिवहरुलाई अनावश्यक खर्च घटाउन निर्देशन दिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले यस्तो सुझाव तथा निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन् ।

पूँजीगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नसमेत उनले निर्देशन दिए । सबै मन्त्रालयहरुले आवधिकरुपमा ठोस नतिजासहितको कार्यप्रगतिको प्रतिवेदन पेश गर्न निर्देशन दिँदै आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ५९ बजे