बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

भारतले ७४औँ गणतन्त्र दिवस मनाउँदै



काठमाडौं । भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरि ७४औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति द्रौपदी मुर्मुले चाँडै नै कर्तव्यपथबाट गणतन्त्र दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नेछिन ।

सुरक्षा व्यवस्थाका लागि ६ हजार सैनिक परिचालन गरी कार्यक्रमको व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । कर्तव्य पथलाई करिब १५० सीसीटीभी क्यामेराबाट निगरानी गरिने छ ।

भारतले हरेक २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सन् १९५० को २६ जनवरीमा भारत गणतन्त्र घोषित भएको थियो ।

सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो।
भारत सन् १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : २६ बजे