चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा कार्यकर्ता तथा नेतालाई सत्यको बाटोमा हिँड्न निर्देशन



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ता तथा नेतालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन् । जनतालाई विश्वास दिलाउनका लागि कार्यकता सँधै इमान्दारी ,सच्चा र कर्तव्यनिष्ट हुन ओलीले आग्रह गरेका छन ।

एमालेको स्कूल विभागले आज आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै यनले यस्तो बताएका हुन । साथै चलाखीले व्यक्तिगत लाभ लिने मान्छे राजनीतिमा सफल नहुने धारणा समेत उनले व्यक्त गरे ।

एमालेपाटी इमान्दारीताले अघि बढ्ने पाटी भएकाले कार्यकताहरुले पाटीको बदनाम गर्ने वातावरण सिर्जना नहोस उनले भने ।
मानिसका लागि संधै भलो हुने काम तथा समाजको हितका लागि काम गर्न समेत उनले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : ३० बजे