चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट हरेक दिन आफूसमक्ष पठाउन मन्त्री किराँतीको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।

निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन । उनले त्यतीमात्र भनेनन् काम गर्न नसके राजीनामा दिन समेत निर्देशन दिएका छन् ।

निगमको बिजनेस प्लान ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ? सम्पुर्ण विवरण आँफुसंग पठाउन भनेका छन् । जहाजको रिपोर्ट हरेक दिनको रिपोर्ट हेरेरमात्र मन्त्रालयबाट १२ बजे फर्किन्छु, उनले भने । साथै कुनै पनिरिपोर्ट नहेरी मन्त्रालय नर्फकने समेत उनले बताएका छन् ।

निगमका कर्मचारीहरुको विगतको कामको मुल्याङकणले असन्तुस्ट बनेपछि उनले सो निर्देशन गरेका हुन् । कर्मचारीहरु नियमित समयमा कार्यलयमा उपस्थित भएर दिएको जिम्मेवारीलाई ईमान्दारीतापुर्वक काम गर्न सकरात्मक सन्देश दिएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  २ : २८ बजे