चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मैथिली साहित्यकार सभाद्वारा राज कुमार महतोलाई ‘दिना–भद्री भाषा अभियानी सम्मान २०७९’ प्रदान



जनकपुर । मैथिली साहित्यकार सभाद्वारा राज कुमार महतोलाई दिना–भद्री भाषा अभियानी सम्मान २०७९ प्रदान गरिएको छ । उक्त सम्मान जनकपुरधाममा मिथिला संस्कृति, सम्पदा, कला र भाषा संरक्षण मैथिली साहित्यकार सभाको आयोजनामा उनलाई प्रदान गरिएको हो । जनकपुर धाममा आयोजित उक्त साहित्यकार सभामा मिथिला संस्कृति, सम्पदा, कला आ भाषा संरक्षण र प्रवर्दनका लागि प्रदान गरिएको थियो । सभामा मिथिला संस्कृति, सम्पदा, कला र भाषा संरक्षण मैथिली साहित्यकारहरुको विचार व्यक्त गरिएको थियो ।

सभामा मैथिली साहित्यकारका क्षेत्रमा विगत डेढ दशकदेखि विशेष योगदानक गरेका साहित्यकारहरुलाई कदर पत्र प्रदान गरिएको थियो । त्यसरी प्रदान गरिएको कदर–पत्र मिथिलाका लोकनायक दिना–भद्रिक नाममा स्थापित “दिना–भद्री भाषा अभियानी सम्मान २०७९” को माता जानकीको चरणमा अपर्ण गरिएको थियो ।

यसरी मैथिली संस्कृति, सम्पदा, कला र भाषा संरक्षण, प्रवर्दनका लागि पवित्र अभियान भएको बताइएको छ । सभामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा समन्वय, सहयोग र सहकार्य मार्फत योगदान पुग्ने पनि बताइएको थियो । यसको संरक्षण र सम्वद्र्धनका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै आभार व्यक्त गरिएको थियो ।

साथै मैथिली साहित्यकार सभाको आयोजना गरी मैथिली लोकसाहित्य, भाषा, संस्कार, संस्कृतिको विकास र सम्वद्र्धनका लागि सबैको साथ,सहयोग रहेको भन्दै संस्थाद्वारा सबैमा आभार प्रकट गरिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ४६ बजे