चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

उपसभामुखका लागि आज मतदान हुँदै, प्रतिस्पर्धामा इन्दिरा र मुक्ताकुमारी



काठमाडौं ।आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुने कार्यतालिका सार्वजनिक भएको छ ।

सो कार्यतालिका सार्वजनिक पश्चात प्रतिनिधि सभाको आज बस्ने बैठकबाट उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ ।

सो बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

उपसभामुखका लागि २ जनाको उम्मेदवारीको उमेदवारी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराइसकेका छ्न । उनीहरुबीच आज खरो प्रतिशप्रधा हुने भएको छ ।

इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ४१ बजे