चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणलाई पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

आज ९शुक्रबार० प्राधिकरणबाट ब्रिफिङ लिने क्रममा मन्त्री किरातीले वित्तीय र आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिए ।

प्राधिकरणमार्फत सञ्चालित विकास निर्माणका काम समयमै परिणाममुखी ढंगले सम्पन्न गर्न समेत उनले निर्देशन दिए । हवाई सुरक्षामा अधिकतम ध्यान दिन आग्रह गर्दै उनले नागरिकलाई प्रदान गरिने सेवा प्रति प्रतिबद्ध रहन समेत निर्देशन दिएका छन् । गुणस्तरीय एवम् चुस्त सेवा प्रवाहमा समेत ध्यान दिन प्राधिकरणलाई आग्रह गरेका छन् ।

सो अवसरमा प्राधिकरणले प्राधिकरणको जिम्मेवारी, आयोजना, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विमानस्थलहरुको अवस्था र हवाई सेवा तथा उडान सुरक्षाबारे जानकारी गराएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ५६ बजे