बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

प्रतिनिधिसभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित



काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् ।

घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए ।

घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ४७ बजे