चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

हवाई सेवालाई विश्वासनीय बनाउन कार्ययोजना बनाइनेछ : पर्यटनमन्त्री



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई विश्वासनीय बनाउन कार्ययोजना बनाइने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले रमेश लेखकले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री किरातीले १ माघमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे बोलेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टपछि आफन्तलाई शव बुझाउने काम भइरहेको जानकारी दिँदै उनले यस्ता हवाई दुर्घटना रोक्न कडा निर्देशन दिइसकेको बताए ।

‘मेरो पदबहालीपछि दुर्घटना रोक्न कडा निर्देशन दिएको छु’, उनले भने, ’हवाई सेवालाई विश्वासनीय बनाउन कार्ययोजना बनाइनेछ । सरोकारवाला र सबैसँग सहकार्य गर्दै छानबिन आयोगलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण दिने छौँ,’ उनले भने ।

उनले घटनापछि नेपाल नागरिक उड्ययन प्राधिकरणले ¥यापिड कोअर्डिनेशन कमिटी बनाएर खोजबिन गरिरहेको समेत बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १ : ०३ बजे