बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

प्रधानमन्त्रीद्वारा मृतकको शव छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले महाराजगन्जस्थित टिचिङ अस्पताल पुगी शव पहिचानको स्थितिबारे जानकारी लिँदै मृतकका परिवारसँग भेट गरेका हुन् ।

उनले शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न समेत निर्देशन दिएका छन् ।

साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ५८ बजे