चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

पोखराको सुन्दरताले बेलायतका मेयर रोमाञ्चित



कास्की । पोखराको सुन्दरता देखेर संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा रोमाञ्चित भएको बताएका छन् । बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहित जनप्रतिनिधिले स्वागत गरेका थिए

स्वागतपछि उनीहरुले छलफलका क्रममा आआफ्ना अनुभव आदान–प्रदान गरेका थिए । अनुभव आदान–प्रदानका क्रममा विकासका कामबारे कुराकानी भएको थियो । बेलायतका मेयर चोपराले पोखराको सुन्दरताबाट आफू मोहित भएको र योजनावद्ध विकास गर्ने हो भने पोखरा विश्वकै सुन्दर बन्ने भन्दै उनले प्राकृतिक सौन्दर्यको खुलेरै प्रशंसा गरेका थिए ।

वडाध्यक्ष बरालले महानगर तथा वडाले प्राथमिकताका साथ गरिरहेको कामबारे जानकारी गराएका थिए ।

उनीहरुबीच दुई स्थानीय तहबीच सम्बन्ध जोड्ने विषयमा पनि छलफल भएको छ । चोपराले आपसी भाइचारा कायम गर्न र यहाँको विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए ।

बेलायतबाट पोखरा घुम्न आएका मेयर चोपराले पोखराको पर्यटकीय ठाउँ भ्रमण गरिरहेका छन् । चोपराले बिहीबार बेलायतका राजकुमार चार्ल्स हिँडेको पोखरा–२६ को रुटमा पदयात्रा गर्दैछन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ४२ बजे