४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

सिम डुप्लिकेसन गरी ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । सिम डुप्किकेसन गरी ठगी गरेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–४ घर भई काठमाडौं गंगोबु बस्ने २६ वर्षीय पूर्ण योगी भन्ने पूर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ ।

योगीले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, ईमो जस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विटजरल्याण्ड जस्ता विकसित देशमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए ।

तत्पश्चात भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै पीडितहरूले पेश गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगीमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : २४ बजे