बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

कर्णाली प्रदेश : उपसभामुखमा यसोदा न्यौपाने विजयी



काठमाडौं । कर्णाली प्रदेश सभाको आज भएको उपसभामुख पदको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने विजयी भएकी छिन् ।

४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्यहरू सहभागी थिए ।

ती प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन् । उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : ३१ बजे