२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति पुगे सुमेरु अस्पताल



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति त्यहाँ पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपनि अस्पताल पुगेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ११ : २५ बजे