बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

सुदूरपश्चिमका सभामुख भण्डारीले लिए शपथ



काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (मंगलबार) दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन् ।

माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : २२ बजे